काठमाण्डौं । माल्दिभ्स र मलेसिया पठाईदिन्छु भनि रकम ठगि गर्ने व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषा जनकपुर न.पा.–४ घर भई हाल परिवर्तित बडहरी न.पा.–२ बस्ने ३९ वर्षिय मोहन प्रसाद तिमल्सिना रहेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।
तिमल्सिनाले श्याम लामा समेत ५ जनालाई वैदेशिक रोजगारीको लागि माल्दिभ्स र मलेसिया पठाई होटलमा काम लगाईदिन्छु, मासिक एक लाख रुपैयाँ भन्दा धेरै तलब हुन्छ भनि विश्वास दिलाई प्रलोभनमा पारी पिडितहरुबाट बीस लाख रुपैयाँ रकम लिई सम्पर्क विहिन भएका थिए ।
उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले खोजतलासको क्रममा उदयपुर उदयपुरगढी गा.पा.–७ तेलतेलेबाट सोमबार पक्राउ गरी थप अनुसन्धान तथा कार्वाहिको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको समेत उपरीक्षक पोखरेलले जानकारी दिएका छन् ।