काठमाण्डौं । लागु औषध सहित एकजना मानिस पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्ला रुपन्देही मायादेवी गा.पा.वडा नंं.–१ बस्ने ३२ वर्षिय अखलेश यादव रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

आर्ईतबार जिल्ला रुपन्देही मायाँदेवी गा.पा.–४ रम्बापुरस्थितमा लागु औषध खैरो हिरोईन विक्री गरिरहेका छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेथरी रुपन्देहीबाट खटिएको प्रहरी टोलिले खोजतलासको क्रममा ब्राउनसुगर खैरो हिरोईन जस्तो देखिने पदार्थ सहित यादवलाई पक्राउ गरेको हो ।

पक्राउ पछि उनलाई सम्मानित जिल्ला अदालत रुपन्देहीमा पेश गरी सम्मानित रुपन्देही अदालतबाट पाच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरीरहेको समेत कार्यालयले जानकारी दिएको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

6 + thirteen =