काठमाण्डौं । कुवेतमा पठाईदिनेभनि श्रीलंका लगि मानव बेचबिखन गर्ने कार्यमा संलग्न एकजना व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रसुवा नौकुण्ड गा.पा.–१का नौकुण्ड गा.पा. अध्यक्ष नुर्वु घले भनिने नुर्वु स्याङ्बो घले रहेको नेपाल प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्युरो बबरमहल, काठमाण्डौंले जनाएको छ ।
घले विभिन्न मानिसहरुलाई कुवेतमा मासिक ८० कुबेती दिनार अर्थात अठ्ठाईस हजार रुपैया बराबर तलब पाईने काममा लगाईदिने लोभ लालचमा पारी राहदानी समेत आफ्नै खर्चमा बनाई दिई कुवेत जानको लागि “तिमीहरुको दिल्लीमा भिसा आई सक्यो, अब दिल्ली जानु पर्छ, दिल्लीमा धेरै दिन बस्नु पर्दैन” भनि २०७३ सालको साउन महिनामा भारतको नयाँदिल्ली हुदै भिजिट भिसामा श्रीलंकाको कोलम्बोमा पुर्याई कोठामा राखी कुटपिट गरी बन्धक बनाई राखेको अवस्थामा नेपाल प्रहरी तथा अन्य संघ संस्थाको समन्वयमा नेपाल फर्किन सफल भएको भन्ने मानव बेचबिखन तथा ओसारपसार मुद्दामा वारदातमा संलग्न रही फरार रहेका प्रतिवादी हुन् ।
उनलाई मानव बेचबिखन अनुसन्धान व्युरोबाट खटिएको प्रहरी टोलिले बुधबार काठमाण्डौ बबरमहलबाट पक्राउ गरि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट पठाई पाँच दिनको म्याद थप गरि थप अनुसन्धान कार्य भई रहेको समेत कार्यलयले जानकारी दिएको छ ।