काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका-४मा रहेको एनसेल टावरमा बम बिष्फोट भएको छ ।
गए राति १ बजे कमलामाई नगरपालिका-४ रहेको एनसेलको टावरमा कुकर बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । ‘बम विस्फोटबाट टावरका विद्युतीय तारलगायतमा क्षति पुगेको छ । उक्त बिष्फोटपछि ‘वैकल्पिक उपायबाट मोबाइल सेवा सञ्चालनमा ल्याइएको छ ।
प्रहरीको अनुसार घटनास्थलमा जनमुक्ति सेनाको पर्चा भेटिएको छ । ‘पर्चामा सुप्रिम कमान्डर परिवर्तन भन्नेले हस्ताक्षर गरेको भेटिएको छ ।