काठमाण्डौं । भिषा अवधि समाप्त पश्चात गैर कानुनी तवरले नेपाल बसिरहेका ३ जना बंगलादेशी नागरिकहरू पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बंगलादेशी नागरीकहरु CUMILLA, BANGALADESH घर भई हाल ठमेल बस्ने २७ वर्षिय RANA AHMED, CUMILLA, BANGALADESH घर भई हाल ठमेल बस्ने २४ वर्षिय ROKIB HOSSAIN, त्यस्तै अर्का CUMILLA, BANGALADESH घर भई हाल ठमेल बस्ने ३० वर्षिय SUMAN SHAJAHAN रहेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

उनिहरु बिभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनी रूपले बसोबास गर्नुको साथै शंकास्पद गतिबिधिहरुमा समेत संलग्न रहेको भन्ने सूचनाको आधारमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले बुधबार काठमाण्डौं ठमेल एरीयाबाट भिषा अवधी समाप्त पश्चात गैर कानुनीरूपमा बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ पछि उनिहरुलाई आवश्यक अनुसन्धान तथा कार्वाहिको लागि अध्यागमन विभाग, कालिकास्थान काठमाण्डौमा पठाईएको समेत उपरीक्षक रेग्मीले जानकारी दिएका छन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

1 × 4 =