डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु भएको छ ।

बिहीबार आगलागी घटनामा परेका तीनै बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । आगलागीबाट गम्भिर घाइते १० वर्षीय सुलस बुढाको शुक्रबार जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा मृत्यु भएको थियो भने दुई जना १२ वर्षीय विवस बुढा र १३ वर्षीय समन्त बुढाको काठमाडौँमा उपचारका क्रममा आज मृत्यु भएको हो ।

गाउँ नजिकैको वनमा गुच्ची च्याउ टिप्न गएका तीनै बालबालिका आगलागीमा परेर गम्भीर घाइते भएका थिए ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

three × 5 =