काठमाण्डौं । बैंकिङ कसुर मुद्दाका एकजना फरार प्रतिवादी पक्राउ परेका छन्

पक्राउ पर्नेमा काठमाण्डौं महानगरपालिका वडा नं. १५ घर भएका ४३ वर्षिय रोजेश महर्जन रहेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

महर्जन त्रिभुवन कुर्मीको जाहेरीले वादी नेपाल सरकार भएको बैंकिङ कसुर मुद्दामा सम्मानित रुपन्देही जिल्ला अदालत, सिद्धार्थनगर रुपन्देहीबाट २०८०/१२/५ गते पक्राउ अनुमति प्राप्त भएका फरार प्रतिवादी हुन् ।

उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले खोजतलासको क्रममा शुक्रबार काठमाण्डौं म.न.पा. चमतीबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कार्वाहिको लागि शनिबार जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाईएको समेत रेग्मीले जानकारी दिए ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

one × 5 =