काठमाण्डौं । सोमबार सुनचाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढेको हो ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार बढेर १ लाख ३७ हजार ५ सय रुपैयाँ पुगेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँ रहेकोमा आज बढेर १ लाख ३६ हजार ८ सय ५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

यता, चाँदीको मूल्यसमेत प्रतितोला १५ रुपैयाँले बृद्धि भएको छ । यसअघि प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउ बढेर आज १ हजार ७ सय १५ रुपैयाँ पुगेको हो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

10 + 8 =