काठमाण्डौं । साताको दोस्रो कारोबारको दिन पनि शेयर बजार ओरालो लागेको छ । आइतबार सामान्य अंकले घटेको शेयर बजार सोमबार भने १६ दशमलव ८२ अंकले घटेको छ ।

२०८१ सालको पहिलो कारोबारको दिन नै घटेको शेयर बजारले आज पनि निरन्तरता पाएको हो । नेप्से परिसूचक शून्य दशमलव ८३ प्रतिशतले घटेर २००६ दशमलव ५२ को बिन्दुमा रोकिएको छ । आज ३ सय १४ कम्पनीका ५ हजार ५ सय २४ कारोबारबाट ७२ लाख २३ हजार ७ सय ७२ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४ सय ३२ पुगेको छ ।

आजको कारोबारमा सबैभन्दा धेरै माछापुच्छ्रे डिबेन्चर २०८७ का इकाईधनीले कमाएका छन् । मेन्छियाम हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् भने मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ दशलमव ९३ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, सृजनशील लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाउन सफल भएका छन् ।

आजको कारोबारमा सबैभन्दा धेरै गुमाउनेमा गुराँस लघुवित्तका लगानीकर्ताहरू रहे । आज सो कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । दोल्ती पावरका लगानीकर्ताले पनि १० प्रतिशतका दरले गुमाएका छन् । आज ५० कम्पनीको शेयर मूल्य बढेको छ भने १८५ कम्पनीको शेयर मूल्य घटेको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

two + 19 =