काठमाण्डौं । मोबाईल चोरी गरी आपराधिक लाभ लिने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा डोटी जोरायल गा.पा.२ का २७ वर्षिय निश्चल लामा रहेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

उनले काठमाण्डौंको विभिन्न स्थानमा लिफ्ट मागि आफन्तको हवाई उडान समेत रहेको भनि काठमाण्डौंँको नयाँ बसपार्कमा गई विभिन्न सर–सामानहरु ल्याउनुपर्छ भन्ने जस्ता विभिन्न वाहाना बनाई आफ्नो मोबाईल स्विचअफ रहेको भनी मोबाईल मागेर फोन कल गर्दै परपर गई भागिजाने र अनाधिकृत रुपमा उक्त मोबाईलमा रहेको मोबाईल बैंकिङ चलाई विभिन्न व्यक्तिहरुबाट तिन लाख बैसठ्ठी हजार एक सय सत्तरी रुपैयाँ गठि गर्ने र उक्त फानहरु हम्रो बजारमा राखी बिक्री समेत गर्ने गरेका थिए ।

उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले मंगलबार काठमाण्डौं का.म.न.पा.–९ सिनामंगलबाट पक्राउ गरेको हो ।

पक्राउ पछि उनलाई थप अनुसन्धान तथा कार्वाहिको लागि जिल्ला प्रहरी परीसर टेकु काठमाण्डौं पठाईएको समेत उपरीक्षक रेग्मीले जानकारी दिएका छन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

five + 7 =