काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कतारका राजासँग इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
बुधबार मित्रराष्ट्र कतारका अमिर शेख तामिम बिन हमाद अल थानीसंग भएको ‘द्विपक्षीय वार्ता’ का क्रममा प्रचण्डले विपिन जोशीको सुरक्षित रिहाइको सहजीकरणका लागि कतार सरकार समक्ष आग्रह गरे ।
आफ्नो शैक्षिक प्रयोगात्मक परीक्षाका लागि इजरायलमा रहेका निर्दोष नेपाली विद्यार्थी विपिन जोशी गत अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपश्चात् सम्पर्क विहिन भएका थिए ।