काठमाण्डौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका बुधबारको तुलनामा मूल्य घटेर कारोबार सुरु भएको जानकारी दिएको हो ।

महासंघका अनुसार आज तोलामा २०० रुपैयाँले सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ८०० रुपैयाँ कायम छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३५ हजार १५० रुपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३५ हजार ३५० रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । महासङ्घले तोलामा १५ रुपैयाँले घटेर चाँदीको कारोबार सुरु भएको जानकारी दिएको छ । यससँगै चाँदीको मूल्य प्रतितोला १६ सय ५५ रुपैयाँ कायम छ । हिजो बुधबार १६ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

eight + 20 =