काठमाण्डौं । नेपाली कांग्रेसले लगानी सम्मेलन सहज बनाउन भन्दै सरकारले अध्यादेशमार्फत् ९ वटा कानुन संशोधन गर्न लागेकोप्रति विरोध जनाएको छ ।
शनिबार कांग्रेस संसदीय दलले एक विज्ञप्ति जारी गर्दै संसदको गत अधिवेशनमा कानुन ल्याउन पर्याप्त समय हुँदाहुँदै सरकारले कानुन नबनाई अध्यादेशको बाटो रोजेको बताएको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय गरेको थियो ।