काठमाडौं – नबिल बैंक कर्मचारी संघको अध्यक्षमा सविन भट्टराई निर्वाचित हुनु भएको छ । नबिल बैंक कर्मचारी संघको हिजो  काठमाडौँ नयाँ बानेश्वोर इन्द्रेणी बेन्कुटमा सम्पन्न १२ औं महाधिवेशन बाट पुन : ३ बर्षका लागि  भट्टर्राई निर्वाचित हुनु भएको हो ।

काठमाडौँ नयाँ बानेश्वोरमा आयोजित अधिवेशनमा बिशिष्ट अतिथि नबिल बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्याल, प्रमुख अतिथि नेपाल वित्तीय सस्था कर्मचारी संघ राष्ट्रिय समिति अध्यक्ष पदम राज रेग्मी, बिषेश अतिथीहरुमा बैंकका मानव संसाधन विभाग प्रमुख दिवश कार्कि, मुरारी प्रसाद अर्याल त्यस्तै अतिथिहरुमा एभरेस्ट बैंक कर्मचारी संगठनका अध्यक्ष परशुराम सुबेदी , नेपाल इ्भेस्टमेन्ट मेघा बैंक कर्मचारी संघका अध्यक्ष शिब हरि भण्डारी ,लगाएत सातै प्रदेशका शाखा प्रमुख अन्य अधिराज्य भरिका कर्मचारी संगठनका पदाधिकारीहरु , नबिल बैंकका कर्मचारीहरु ,अन्य बैक कर्मचारी संगठनका पदाधिकारीहरु ,बैंकर्स र पत्रकारहरु को बाक्लो उपस्थिति रहेको थियो ।

संघको महाधिवेशनको अवसरमा नबिल बैंक कर्मचारी  संघले संघका पुर्व अध्यक्ष श्री मुरारि प्रसाद अर्याल तथा पुर्व केन्द्रि सदस्य श्री बालकृष्ण रिजाल  लाई सम्मान गरेको थियो |

नयाँ  निर्वाचित कार्यसमिती यस प्रकार रहेको छ ।

अध्यक्ष: सबिन भट्टराई (निर्वाचित)

बरिष्ठ उपाध्यक्ष : अनिल कुमार चौंलागाँई (निर्विरोध)

उपाध्यक्ष: दिप सिंह अधिकारि (निर्वाचित)

उपाध्यक्ष: कुन्दन श्रेष्ठ (निर्वाचित)

महासचिव: मनिष सिटौंला (निर्वाचित)

सचिव: शिव आचार्य (निर्विरोध)

सचिव: बिक्रम पोखरेल (निर्विरोध)

कोषाध्यक्ष: रंजन श्रेष्ठ (निर्विरोध)

सदस्यहरु: (निर्वाचित) १.प्रह्लाद खड्का २. नकुल कुमार हमाल ३. ⁠नम्रता कुँवर ४. ⁠उमेश खड्का ५. ⁠योगेन्द्र कठायत ६. ⁠अशेष शर्मा तिमिल्सिना ७. ⁠स्मृती शर्मा पौंडेल ८. ⁠निश्चल श्रेष्ठ ९. ⁠टिका दत्त पौंडेल १०. ⁠अमन शाक्य ११. ⁠उमेश तिमिल्सना

कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो , पहिलो समुद्घाटन तथा दोश्रो बन्दसत्र र निर्वाचन भएको थियो जसको  सभापतित्व सबिन भट्टराई र कार्यक्रम संचालन सम्झना पौडेलले गर्नु भएको थियो

Submit a Comment

Your email address will not be published. Required fields are marked *

4 × three =