काठमाण्डौं । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा भएको उपचुनावमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित हुनुभएको छ ।

एमालेका उम्मेदवार भण्डारी ११ हजार ६ सय १३ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । भण्डारी २ सय ६७ मतान्तरसहित विजयी हुनुभयो ।

भण्डारीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गर्नुभयो । यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८ सय ३१ र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत प्राप्त गर्नुभएको आयोगले जनाएको छ ।

२०७९ मा भएको चुनावमा यस क्षेत्रमा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार १ सय १२ मत ल्याएर निर्वाचित हुनुभएको थियो । कांग्रेसका पृथ्वीबहादुर सिंहको गाडी दुर्घटनामा निधन भएपछि अहिले उप-चुनाव भएको हो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

three × 1 =