काठमाण्डौं । सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार स्थिर रहेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेर बन्द भएको नेप्से सोमबार ०.०७ अंकले सकारात्मक अवस्थामा बन्द भएको हो । यो सँगै नेप्से १ हजार ९ सय ८०.३४ अंकमा बन्द भएको छ ।

कारोबारमा आएकामध्ये ९९ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १ सय २८ वटाको घट्यो र बाँकी १७ वटाको सेयर मूल्य स्थिर रहयो । सोही दिन ४६ हजार ५ सय ११ पटकको कारोबारबाट ७३ लाख ४१ हजार १ सय ७७ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब २ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आइतबार ४८ हजार १ सय ८३ वटा कारोबारबाट ६८ लाख ७८ हजार १ सय ५९ कित्ता सेयर किनबेच भएका थिए । ती किनबेचमा २ अर्ब ६८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

fourteen − seven =