काठमाडौं । इलाम–२ मा भएको उप निर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे भने खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ५ हजार ५० मत ल्याएका छन् ।

 

 

 

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

8 − six =