काठमाण्डौं । विभिन्न मुद्दामा सम्मानित रुपन्देही जिल्ला अदालत रुपन्देहीबाट फैसला पछि फरार रहेका प्रतिवादीहरु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लागु औषधमुद्धामा मिति २०७८।०३।१७ गते २ महिना कैद र रु २,०००।- जरिवाना फैसला भएका रुपन्देही बुटवल उप- महानगरपालिका वडा नं. ११ प्रगतिनगर बस्नेउर्मिला पछाई योगी, कुटपिट अंगभंग मुद्धामा मिति २०७६।०३।१२गते रु २८३।- जरिवाना फैसला भएका रुपन्देही कोटहिमाई गाउँपालिका वडा नं.१ बस्ने महेश्वर मुराउ, बहुविवाह मुद्धामा १ बर्ष कैद र रु ५,०००।- जरिवाना फैसला भएका जिल्ला रुपन्देही सिद्दार्थनगर नगरपालिका वडा नं।.६ बस्ने बर्ष ३४ को धर्मेन्द्र चौहान, बहु विवाह मुद्धामा १ बर्ष कैद र रु ७,०००।- जरिवाना फैसला भएका जिल्ला रुपन्देही लुम्बिनी सास्कृतिक नगरपालिका वडा नं. ११ बस्ने बर्ष ४० को राम करण यादव, चोरी मुद्धामा ६ महिना कैद र १०,०००।– जरिवाना फेसला भएका जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. २ बस्ने बर्ष उदय भन्ने राजन कुमार चौवे, चोरी मुद्धामा ६ महिना कैद र १०,०००।– जरिवाना फेसला भएका जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. २ बस्ने गुलाव केवट रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

पक्राउ पछि उनिहरुलाई सम्मानित रुपन्देही जिल्ला अदालत रुपन्देहीमा पेश गरी कैद भुक्तानको लागी कारागार चलान भएको समेत कार्यलयले जानकारी दिएको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

fourteen + eight =