बझाङ- संबिधान सभा सदस्य माननीय चन्द्रा जाेशीकाे प्रमुख आतिथ्यता रहेकाे र नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे बिशेष आतिथ्यतामा जिल्ला अस्पताल बझाङकाे सभाकक्ष,जयपृथ्वी नगरपालिका,चैनपुर,बझाङमा,जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला अस्पताल बझाङकाे संयुक्त आयाेजनामा नेपाल स्वयंसेवी रक्तदाता समाजकाे ३८औं बझाङ जिल्ला गठनार्थ एक अन्तरक्रियात्मक भेलाकाे आयाेजना गरि सम्पन्न गरिएको छ ।

बिशेष अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले नेपाल स्वयंसेवी रक्तदाता समाज स्थापनाकाे आवश्यकता माथि प्रकाश पार्नुका साथै आफूले १७८औं पटककाे रक्तदान गरिएकाे साे भेलामा बिशेष अतिथिकाे रूपमा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख लाल बहादुर धामी र सुन बहादुर सिंह सभापति रहनु भएकाे थियो । साे कार्यक्रमकाे सञ्चालन नेपाल स्वयंसेवी रक्तदाता समाजका आजीवन सदस्य दिपेन्द्र राज मिश्रले गर्नुभएको थियोे ।

भेलाले सरस्वती जाेशी अध्यक्षतामा बझाङ जिल्ला शाखा गठन गरिएकाे छ । जसमा उपाध्यक्ष बसन्ती जाेशी,सचिव महेन्द्र बहादुर खड्का,काेषाध्यक्ष पशुपति भट्ट र सदस्यहरूमा क्रमशः बाम बहादुर भण्डारी,पूर्ण बहादुर भण्डारी,श्याम नेपाली,डी.बी. बिष्ट,रमेश खाती,इन्द्रबहादुर बाेहरा,कल्पना राेकाया र देवीचन्द्र थापा रहनुुभएकाे छ ।

त्यसैगरी सल्लाहकारहरूमा : लालबहादुर धामी संयाेजक रहने गरि सञ्जीव भण्डारीर र गंगा प्रसाद जाेशी सदस्य रहनु भएकाे छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले समाजद्वारा प्रकाशनमा ल्याएकाे नयाँ वर्षको ज्ञानवर्धक भित्तेपात्राे लगायत समाजका अन्य प्रकाशन समाग्रीहरू नव गठित कार्यसमितिलाई उपलब्ध गराउनु भएको थियोे ।

नवगठित नेपाल स्वयंसेवी रक्तदाता समाज बझाङ जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई बिशेष अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले खादा लगाई बधाई ज्ञापन गर्नु भएको थियोे ।

नवगठित कार्यसमितिका अध्यक्ष सरस्वती जाेशीले आगामी शनिबार भेलाकाे समिक्षा र भाबि कार्य याेजनाबारे छलफल गरिने पनि जानकारी दिनुभयो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

5 × two =