काठमाण्डौं । नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ । हिजो (बुधबार) २७ सय रुपैयाँले घटेको सुन आज २ हजार रुपैयाँले बढेको हो ।

आज छापावाला सुनको मूल्य १ लाख ३६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाला सुनको मूल्य १ लाख ३४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन १ लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

14 + 14 =