काठमाडौँ – जिल्ला दार्चुला व्यास गाउँपालिका वडा नं. ०६ हुती स्थायी घरभई काठमाण्डौं टोखा नगरपालिका वडा नं. ०९ बस्ने वर्ष २९ को लोकेन्द्र बडु समेतले जिल्ला काठमाण्डौ टोखा नगरपालिका वडा नं.०९ मा संचालन गर्ने गरेको सुर्खेत खाजाघरमा नाबालिकाहरुलाई विभिन्न किसिमको डरत्राश र प्रलोभनमा पारी वेश्यावृत्तीमा लगाउने गरेको भन्ने गोप्य सुचनाको आधारमा यस ब्युरोबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०१।१८ गते उक्त खाजाघरमा गई अनुगमन गर्ने क्रममा नाबालिका जाहेरवाला परिवर्तित नाम २६ बबरमहल ९२९३० लाई २०८० सालको कार्तिक महिना देखी उक्त खाजाघरमा राखी वेश्यावृत्तिमा लगाई राखेको अवस्थामा फेला पारिएकोले निज बालिकालाई तत्काल उद्दार गरि निजलाई जवरजस्ती वेश्यावृत्तीमा लगाउने कार्यमा संलग्न उल्लेखित खाजाघरका संचालकहरुलाई पक्राउ गरी पीडित जाहेरवाला परिवर्तित नाम २६ बबरमहल ९२९३० ले पेश गरेको जाहेरीको आधारमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनु भएको छ ।
लोकेन्द्र वडु
कान्छीमाया घिसिङ
- प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएका तथ्यहरु:–
- निज प्रतिवादीहरुले जिल्ला काठमाण्डौ टोखा नगरपालिका वडा नं.९ मा संयुक्त रुपमा सुर्खेत खाजा घर संचालन गर्ने गरेको खुल्न आएको ।
- खाजाघरमा नेपालका विभिन्न स्थानबाट नाबालिकाहरुलाई वेटर लगाएतको काममा लगाउने भनि खाजाघरमा ल्याई विभिन्न किसिमको डरत्राश र प्रलोभन देखाई खाजाघरमा आउने ग्राहकहरुसँग खाजाघरमा नै रहेको कोठामा र ग्राहकले चाहेमा बाहिरको होटल/गेष्ट हाउसहरुमा समेत पठाई वेश्यावृत्तिमा लगाउने गरेको खुल्न आएको ।
- जाहेरवालालाई वेश्यावृत्तिमा लगाए वापत प्रतिवादीहरुले एकजना ग्राहकबाट रू. ५,०००।-(पाँच हजार रूपैयाँ) देखी ८,०००।-(आठ हजार रूपैयाँ) सम्म लिने गरेको खुल्न आएको ।
- यस घटनामा संलग्न अन्य प्रतिवादीहरुको खोजतलास तथा थप अनुसन्धान कार्य भई रहेको छ ।