काठमाण्डौं । झापाको दमकमा अपरिचित मान्छेको गोली प्रहारबाट उदयपुर घर भई दमकमा बस्दै आएकी १८ वर्षीया विद्यार्थी एनिका अधिकारी घाइते भएकी छिन् ।

स्थानीय हिमालय माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट क क्षा १२ को परीक्षा दिएर घर फर्किँदै गर्दा उनीमाथि मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

गोली हानेर भागेका ती व्यक्तिको पहिचान खुलेको छैन । घाइते अधिकारीको दमकमा रहेको लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

three × five =