काठमाण्डौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले भक्तपुरको दुवाकोटमा पहिलो चरणमा ५०० शय्याको मेडिकल कलेज र अस्पताल बनाउन आवश्यक बजेट उपलब्ध गराउने घोषणा गरेका छन् ।

आइतबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसको अवसरमा बोल्दै उनले यस्तो दाहलले यस्तो घोषणा गरेका हुन् । उनले भने ‘वीर अस्पतालको बिस्तारका लागि बनाइएको दुवाकोटको १५ सय बेडसहितको अस्पताल बनाउने गुरुयोजनामा पहिलो चरणको ५ सय बेडको अस्पताल र मेडिकल कलेजको निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने छ ।’

वीर अस्पताललाई आम नागरिकको आशा र भरोसा केन्द्र बनाउन आवश्यक चिकित्सकीय जनशक्ति, उपकरण तथा बजेटको व्यवस्थामा सरकारले प्राथमिकता दिने उनको भनाई छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

18 − 9 =