स्याङजा – गल्याङ नगरपालिका नगरप्रमुख मा विजयी भएपछि पदभार ग्रहण गर्दा घोषणा गरेको सामुदायिक विधालय र क्याम्पस का गरिव जेहेन्दार विधार्थीहरुका लागि घोषणा गरिएको छात्रवृत्ति कार्यक्रम अन्तर्गत छात्रवृत्ति वितरण कार्यक्रम २०८१ सम्पन्न भएको छ।
आर्थिक अभावमा मासिक शुल्क तिर्न नसकि शिक्षाबाट वञ्चित हुन नदिन र शिक्षा मा सबै को पहुँच पुर्याउने उद्देश्यले गरिब तथा जेहेन्दार विधार्थीहरुको लागि छात्रवृत्ति प्रदान गरिएको गल्याङ नगरपालिका नगर प्रमुख गुरु प्रसाद भट्टराई ले बताउनुभयो ।


गल्याङ बहुमुखी क्याम्पस र मालुङगा बहुमुखी क्याम्पसमा अध्ययनरत जम्मा विधार्थी सङ्ख्या को २०% जम्मा ७८ जना र गल्याङ नगरपालिका भित्रका सामुदायिक विधालयमा कक्षा ११-१२ मा अध्ययनरत विधार्थीको १०% गरि जम्मा १३६ गरि जम्मा २१४ जना लाई गरि जम्मा १३ लाख ८ सय रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको थियो।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

3 + 16 =