काठमाण्डौं । वैदेशिक रोजगारमा यु.के पठाईदिन्छु भनि ठगि गर्ने एकजना व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाही हरीपुर नगरपालिका–२ घर भई हाल काठमाण्डौं दक्षिणकाली–७ बस्ने ३० वर्षिय विधान कार्की रहेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
उनले निराजन के.सी.लाई वैदेशिक रोजगारमा यु.के. पठाईदिन्छु भनि, आकर्षक तलबको प्रलोभनमा पारी, पाँच लाख रुपैयाँ रकम लिई सम्पर्क विहिन भई ठगि गरेका थिए ।
उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले खोजतलासको क्रममा काठमाण्डौं का.म.पा.–३१ मिनभवन बाट १४ गते पक्राउ गरी थप अनुसन्धान तथा कार्वाहिको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको समेत उपरीक्षक रेग्मीले जानकारी दिएका छन् ।