काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार बजार २४.३९ अंकले बढेर १९९८ को विन्दुमा कायम हुन पुगेको छ ।

यस दिन नेप्सेमा कारोबार भएको आज ३२० कम्पनीको ९५ लाख ४१ हजार १७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४० करोड ८६ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा ८ वटा उपसूचकमा हरियाली छाएको छ ।

आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ३० करोड ८० लाख रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सिइडिबी हाइड्रोपावरको २८ करोड २३ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै कर्णाली डेभलपमेन्ट बैंकको ९ करोड ३२ लाख २२ हजार रुपैयाँ, पोखरा फाइनान्सको ६ करोड ८५ लाख ४९ हजार रुपैयाँ र कुमारी बैंकको ६ करोड ५६ लाख १८ हजार रुपैयाँको कारोबार भएको हो ।

आज नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त, माण्डु हाइड्रोपावर, श्रृजनशील लघुवित्त र हिमालयन उर्जा विकास कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =