काठमाडौँ । आज बस्ने संसदीय दलको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने प्रतिपक्ष दलले निर्णय गरेको छ । विपक्षी दलको आइतबार बिहान बसेको बैठकले गृहमन्त्री रवि लामिछानेलाई बोल्न निर्णय गरेको हो ।

सहकारीको रकम अपचलन, ठगी र हिनामिनाबारे छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन अर्को बैठक पनि बसिरहेको छ ।

शनिबार बालुवाटारमा बसेको सत्ता र प्रतिपक्षको बैठकमा शीर्ष नेताहरू सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्न सहमत भएर कार्यदललाई कार्यादेश निर्माण गर्न जिम्मा दिएका थिए ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

5 × three =