काठमाण्डौं । ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई पक्राउ गरी प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण–१ घर भई हाल बालाजु, जरंखु, मनमैजु लगाएत स्थानहरुमा सडकपेटी निर्माणाधिन घरहरुमा आश्रय बनाई बस्ने २१ वर्षिय आईते भनिने सचिन परियार, नुवाकोट दुप्चेश्वर गा.पा. घर भई हाल बालाजु, जरंखु, लगाएत स्थानहरुमा सडकपेटी निर्माणाधिन घरहरुमा आश्रय बनाई बस्ने १८ वर्षिय अञ्जली श्रेष्ठ, स्याङ्जा आधिँखोला गा.पा.–३ बिजारीचौतारी घर भई हाल सडक पेटीमा नै बस्ने २१ वर्षिय विपना बसन्ती भन्ने बसुन्धारा कार्की र ५६ वर्षिय नुनमाया कार्की, नुवाकोट ताती गा.पा.–४ ओखरे घर भई हाल सडक पेटीमा बस्ने २१ वर्षिय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक ईन्द्रावति गा.पा.–१ घर भई सडक पेटीमा नै बस्ने ३० वर्षिय दोर्जे भन्ने अमृत तामाङ, तेस्तै उदयपुर घर भई हाल तारकेश्वर–९ बालाजु, जरंखु, मनमैजु लगाएत सडक पेटी निर्माणाधिन घरहरुमा स्थानहरुमा आश्रय बनाई बस्ने १३ वर्षिय नाबालक रहेको जिल्ला प्रहरी परिसर काठमाण्डौंले जानकारी दिएको हो ।

कसरी भयो घटना ?
घिमेरे ड्उिटी सकेर आफ्ना सहकर्मिहरुसँग छुटेर घर तर्फ जानु अघि खाजा नास्ता खान काठमाण्डौं तारकेश्वर–११ स्थित एक खाजा घरमा प्रवेश गरी खाजा खाईरहेको अवस्थामा सचिन परियार र अञ्जली श्रेष्ठ पनि सोहि पसलमा खाजा खान आईपुगेका थिए ।

युवराज र सचिनको पुरानो परीचय रहेको हुँदा उनिहरु तिनैजना एउटै टेबलमा खाजाँ नास्ता खाएको र खाईसकेपछी सचिनले तत्काल आफुहरुले आश्रय लिईरहेको स्थानसम्म पुराईदिन आग्रह गरेका थिए । त्यसै अनुसार युवराजले उनिहरुलाई आफ्नो मोटरसाईलमा राखी घटनास्थलसम्म पुर्याउन गएका थिए ।
त्यसै सिलसिलामा सचिनले अञ्जलीलाई विसन्चो भई केहि माथिसम्म जान केहि असहज महसुस भएको भनेर अञ्जलीलाई माथिसम्म बोकेर लैजान युवराजको सहयोग मागेर युवराजलाई पनि उनिहरुले आश्रय लिएको बासस्थान सम्म लगेका थिए ।

त्यसै ठाउँमा पुगेपश्चात मुतक घिमेरेलाई अचानक सचिन परियारले युवराजको हेलमेट खोसेर युवराजको टाउकोमा प्रहार गरेको र लगतै सोहि घटना स्थलमा पहिलेदेखिनै आश्रय लिई बसेका विपना कार्की, ननुमाया कार्की, अमृत तामाङ र एक नाबालक समेत भई अन्धाधुन्ध रड, ईट्टा, युवराजको युनिफर्मको बेल्ट र ढुङ्गा लगाएतको हतियारको प्रयोग गरी युवराजको हत्या गरेका थिए ।

हत्या गरीसकेपश्चात उनिहरुले युवराजको सवलाई सोहि स्थानमा लगि म्याट्रेसले छोपेर लुकाएको र घिमेरेले लगाएको जुत्ता, जलाई नष्ट गरी सो स्थानबाट भागेर जरंखुमा गई सडकपेटीमा सुतेका थिए ।
घटना पश्तात अहिले प्रहरीले निर्घात कुटपिट गरी हत्या गर्नुमा लुटपाट, महिलासँगको विवाद लगाएतका कारण हुनसक्ने तर्फ अनुसन्धान अघि बढाएको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

five × 1 =