काठमाडौँ – तार्केश्वोर एमालेको अध्यक्षमा कञ्चन भट्टको जित सुनिश्चित।  तारकेश्वर नगरपालिका नगर कमिटीको एमाले निर्बाचनमा अध्यक्ष ई. कञ्चन भट्टको बलियो सम्भावना रहेको छ । यहि जेष्ठ ५ र ६ गते भइरहेको नगर कमिटिको अधिबेशन नेपालटार स्थित कान्तिपुर पार्टी प्यालेसमा हुन गईरहेको हो ।

यदि तारकेश्वर एमालेले साच्चिकै नयाँ युबा नेतृत्व , सशक्त स्वविवेक पुर्याउने हो भने युवा नेता ताकेश्वरलाई नजिक बाट नियालेका इन्जिनियर भट्टको जित सुनिश्चित रहेको अधिबेशन प्रतिनिधिहरुको दाबी रहेको छ । हाल मौजत नगर कमिटी निकम्मा र कमजोर प्रतिपक्षको रुपमा रहेको समेत अधिबेशन प्रतिनिधी हरुले आक्रोश पोख्दै दैनिक न्यूजपोष्ट लाई बताए । यदि यही पुरानै नेतृत्वलाई जबर्जस्ती लाद्न खोजें तारकेश्वरबाट एमाले पत्तासाफ हुनेमा दुई मत छैन भन्नेमा उपस्थित प्रतिनिधीहरु को आवाज उठिरहेको छ। नयाँ दलबाट समेत उठिरहेको आवाजलाई सम्बोधन गर्नेहों भने पक्कै पनि एमालेबाट भट्ट को निर्विकल्प रहेको आम तारकेश्वर बासीहरुको एकै आवाज रहेकोछ ।

 

बर्तमान कमिटिका अध्यक्ष जो वडा निर्वाचनमा समेत उपस्थित नभई विदेश भ्रमणमा ब्यस्त रहेका कारण कुनै जिम्मेवारी नरहेको एमाले कार्यकर्ताको आक्रोस थियो। दुई वर्षयता स्थानीय सरकारबाट भएका भ्रस्टचार ,बेथिति बिरुद्द चुक्क पनि बोल्न नसक्नु र बिरोधका आवाज नआउनु मा मौजत कमिटि त्यसैमा पनि निरिह र निकम्मा भएको पुस्टि हुन्छ एक प्रतिनिधिले बताए ।  प्रतिनिधीहरुका अनुसार तारकेश्वर नगरपालिकामा कञ्चन भट्टको बिकल्प नभएको पनि दाबी गरिरहेका छन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

9 + 16 =