काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारीका लागि ५ जनाको प्रतिस्पर्धा हुदै छ। वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएका मध्येबाट ५ जनाको नाम तयार भएको छ ।

खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि आवेदन दिएका मध्येबाट ५ जनाको नाम सर्ट लिष्टिङ भएको हो ।

जसमा कृष्ण बहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका छन् ।

उनीहरुको भोली बुधबार अन्तरवार्ता हुनेछ । ५ जनाले अन्तवार्ता र प्रस्तुती दिएपछि योग्य १ जना सीईओका लागि छनोट हुनेछन् ।

 

 

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

sixteen + 11 =