काठमाण्डौं । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ ।

बलात्कार मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका हुन् ।

बलात्कार आरोपबाट सफाइ पाएपछि सन्दीपले विश्वकप खेल्ने बाटो खुलेको थियो । तर भिसाको समस्या भएपछि उनले विश्वकप गुमाउने सम्भावना बढेको हो । सुन् २०१९ मा पनि क्यारेबियन प्रिमियर लिग खेल्न जाने क्रममा पनि अमेरिकाले सन्दीपलाई भिसा दिएको थिएन । सामाजिक सञ्जालमा लेखेपछि भने उनले पछि भिसा पाएका थिए ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

18 + nineteen =