काठमाण्डौं । गर्मी अत्यधिक बढेपछि दाङको तुलसीपुर उपमहानगरपालिका नगर क्षेत्रका विद्यालय पाँच दिन बन्द हुने भएका छन् ।

निरन्तर बढिरहेको कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएका हुन् । दाङको तापक्रम ३९ डिग्री सेल्सियसभन्दा बढी भएपछि उपमहानगर अन्तर्गत नगर शिक्षा समितिको बैठकबाट पाँच दिनका लागि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखाले जनाएको छ ।

विद्यालय जेठ १८ देखि २२ गतेसम्म बन्द हुनेछन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

sixteen − sixteen =