बाचस्पति रेग्मी।
लन्डन । नेपाली कला र संस्कृतिको बिकास गर्न र परम्परालाई आत्मसाथ गर्न बेलायतती नेपाली समुदायका विभिन्न सघसंस्थाहरु सधै क्रियाशील रहेको पाइदै गर्दा नेपाली संस्थाहरुले नेपाली समुदायलाई एकताकोसूत्रमा बाध्न विभिन्न खालका कार्यक्रम गर्दै आएका छ। यसै मध्यको बेलायतमा हुने गरेको सबै भन्दा ठुलो नेपाली पर्व हो “गोरखाकप फुटवल”।
गोरखाकपको आयोजनाले पेसा,व्यवसाय, बसाईसराई,अध्ययनका सिलसिलामा नेपालबाट टाढा बेलायत रहेकाहरूलाई भेटघाट तथा दुःख सुख साटासाटको अवसर मिलेको छ। तमु धीं युकेले आयोजना गर्ने गोर्खा कप फुटबल प्रतियोगिताले दुई दशक लामो इतिहास बोकेको छ र आज गोर्खा कपको २२औँ संस्कण गत मे २६ मा सम्पन्न भएको छ।
अल्डरसटस्थित क्वीन्स एभिन्यु आर्मी मैदानमा भएको प्रतियोगितामा मेन र भेट्रानतर्फ ब्रिगेड ब्वइज क्लब तथा महिलातर्फ रनडरबोल्ट एफसी विजेता बनेका थिए भने वाटरमेलन एफसी, धरान ११ र म खेल्छु एफसी उपविजेता भएका थिए। मेनतर्फ ३२, भेट्रानतर्फ १६ र महिलातर्फ २ टिमको सहभागिता रहेको सो गोर्खाकप फुटवल प्रतियोगितामा राहुल लिम्बू मेनतर्फको सर्वाधिक गोलकर्ता भए। कल हेच म्यान अफ द म्याचचुनिएका थिए। उत्कृष्ट व्यवस्थापकको उपाधि वाटरमेलनका सन्देश गुरुङले जितेका थिए भने ४० वर्षभन्दामाथिका खेलाडीले प्रतिस्पर्धा गरेको भेट्रानतर्फ धरान ११ का दुर्गा लिम्बू सर्वाधिक गोलकर्ता,उत्कृष्ट खेलाडीब्रिगेड ब्वाइजका जगत गुरुङ र उत्कृष्ट व्यवस्थापक ब्रिगेड ब्वाइजका खोम गुरुङ घोषित भएका थिए।
महिलातर्फ म खेल्छु की एम्मा म्यारी मच वेस्ट प्लेयर भइन्। ८ हजार दर्शक हुने आशा गरीएको प्रेषमीट झन्डै१४ हजार दर्शकको उपस्थितिले विगत जस्तै यस वर्ष पनि गोर्खा कप भव्य रूपमा सम्पन्न भएको आयोजकतमु धीं युकेका अध्यक्ष हरि गुरुङले बताउनु भयको थियो।
विजेता,उपविजेता,सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र व्यवस्थापकलाई प्रमुख अतिथि र समोरकाउन्सिलका मेयर मारा माकुनुरा,विशेष अतिथि नेपाली दूतावासका डिपुटी चिफ अफ मिसन रोशन खनाल, बेलायतका रक्षा राज्यमन्त्री लियो डोकोर्टी, ब्रगेड अफ गोर्खाजका कर्णेल, अल्डरसटस्थितक्यूओजीएलआरका गोर्खा मेजर,तमु धीं युकेका अध्यक्ष हरि गुरुङ र पुरस्कारका स्पोन्सर चेक,ट्रफी र प्रमाणपत्र प्रदान गरेको त्यो समारोह गरिमामय रहेको थियो।
प्रतियोगितामा स्कटल्यान्ड,आयरल्यान्ड,वेल्स,नेदरल्यान्ड बाट समेत टिम र दर्शक सहभागी रहेको गोर्खा कप २०२४ कार्यक्रमस्थल नेपाली मौलिक खाना तथा नेपाली पहिचान झल्काउने स्टल समेत राखेर मिनी नेपाल कै झल्को आएको थियो । उक्त स्टलमा पनि दर्सकहरुको भिड लागेको थियो।
कार्यक्रममा प्रमुख अतिथि तथा रसमोर काउन्सिलका मेयर मारा माकिनुरा,नेपाली दूतावासका उपनियोगप्रमुख रोसन खनाल र बेलायतका रक्षा राज्यमन्त्री लियो डोचर्टीले शुभकामना मन्तव्य राखेका थिए। तमु धींयुकेका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रम महासचिव डा. विशाल गुरुङले सञ्चालन गरे ।खेलकुद सचिव क्याप्टेन दीपकराज घलेले तमु धींले गोर्खा कप मार्फत गरिरहेको परोपकारी कार्यबारे जानकारी गराएका थिए।
गोर्खा कपमा खेलकुदसँगै नेपालबाट आएका कलाकार,स्थानीय कलाकार र सयपत्री सांस्कृतिक समूहका कलाकारले गीत तथा नृत्य प्रस्तुत गरेर गोरखा कप कार्यक्रम भब्य बनेको थियो। नौमती बाजाबजाइएको,गीत तथा सांस्कृतिक नाच पनि देखाएर कार्यक्रम मनोरन्जनात्मक बनाइएको थियो।
२२ वर्षदेखि बेलायतमा खेलिदै आएको गोर्खा कप फुटबल प्रतियोगिता प्रायोजनबाट हुदै आएको र यस वर्षपनि विभिन्न व्यक्ति तथा संस्थाले पुरस्कारहरू प्रायोजन गरेका थिए। मेनतर्फको विजेतालाई रिया मनीट्रान्सफरले ३ हजार पाउन्ड,उपविजेतालाई एचटीआर कियर एन्ड रिक्रुटमेन्ट लिमिटेडका प्ररोपाईटर टंकभट्टराईले प्रायोजन गरेका थिए। भट्टराईको कम्पनीले प्रतियोगिता स्थलमा हेल्थ क्यामप पनि सञ्चालन गरेको थियो।
भेट्रानतर्फको विजेतालाई प्रदान गरिएको १५ सय पाउन्ड नेपब्रिज सर्भिस लिमिटेडका सोम घलेसहित निर्देशकहरूले प्रायोजन गरेका थिए भने उपविजेतालाई प्रदान गरिएको १ हजार पाउन्ड गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष हितकाजी गुरुङले प्रायोजन गरेका थिए। यसैगरी, महिलातर्फ विजेताकोपुरस्कार लक्की ज्वेलर्सका मेजर योगेश राईले प्रायोजन गरेका थिए। उक्त पुरस्कार राशि ६०० पाउन्डरहेको थियो। उपविजेतालाई प्रदान गरिएको ४०० पाउन्डका प्रायोजक पूर्वगण्डकी बोर्डिङ स्कुल टिम(ईजीबीओएसए) का अध्यक्ष डा. कमल अर्यालले गरेका थिए । मेनतर्फ उत्कृष्ट खेलाडीलाई पुरस्कारकालागि समाजसेवी तथा अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल र भेट्ररानतर्फ उत्कृष्टखेलाडीलाई माया सपोर्टेड लिभिङका निर्देशक राज पाण्डेले प्रायोजन गरे । यस्तै, स्काई पे मनी ट्रान्सफररे डङका कृष्ण गुरुङ र करम गुरुङले डान्सरलाई ५०० पाउन्ड दिएका थिए ।
यस्तै,प्रवेश टिकटतर्फ १७ हजार थान रिया मनी ट्रान्सफर र कारपर्क टिकट ६ हजार थान सहारा युके र नेपब्रिज सर्भिस लिमिटेडले प्रायोजन गरेको सो गोर्खा कप २०२४ मा हल्का बर्षा रहे पनि अन्य संचालन भने मनोरन्जनात्मक रहेको थियो। कार्यक्रम भब्य भयको र भब्य बनाउन सहयोग गर्ने सम्पुर्ण महानुभावहरुलाई कार्यक्रम आयोजक संस्था तमुधि युकेका अध्यक्ष हरि गुरुड्गले सबैलाई धन्यबाद दिनु भयको थियो। तमुधि युकेका संस्थापक अध्यक्ष मीन गुरुड्ग सिकलिसे,सहारा युकेका संस्थापक अध्यक्ष नविन गुरुड्ग,बेलायतस्थित नेपाली संघसंस्थाका प्रमुखहरु, बरिष्ठ समाजसेवीहरु,बेलायतमा कार्यरत पत्रकारहरु,समुदायका अभियन्ताहरु, इमरजेन्सी सेवाहरुको प्रबन्ध गरीएको सो कार्यक्रममा भब्य उपस्थितीले अत्यन्तै सफल भयको दर्शकहरुको भनाई रहेको पाईएको थियो।