काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा पूर्व मन्त्री दीपक गिरीले विदेशबाट काम गरेर फ़र्किएका नेपालीहरुलाई तीन महिना भित्र अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था गर्न माग गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद गिरीले नेपालमा मृगौलाका कूल बिरामी मध्ये झन्डै तीस प्रतिशत खाडी मुलुकमा काम गरेर फर्केका नेपालीहरु रहेको तथ्यांकहरुले देखेको जनाए ।

‘त्यसैले म विदेशबाट फ़र्किएयका नेपालीहरुलै तीन महिनाभित्र नजिकको सरकारी अस्पतालमा गएर अनिवार्य स्वास्थ्य परीक्षण गर्न र यदि कुनै उपचार गर्नु पर्ने भए उपचारको सम्पूर्ण खर्च वैदेशिक रोजगार बोर्ड र सामाजिक सुरक्षा कोषबाट व्यहोर्ने व्यवस्था मिलाउन नेपाल सरकारसंग जोडदार माग गर्दछु,’ उनले भने ।

सांसद गिरीले रेमिटान्स (विप्रेषण) ले नेपाली अर्थतन्त्र धानी रहेको भएता पनि यसको लागि नेपालीहरुले ठूलो मूल्य पनि तिर्नु परिरहेको बताए । सांसद गिरीले नेपालको अर्थतन्त्र धानी रहेका वैदेशिक रोजगारमा गएका नेपालीहरुको स्वास्थ्यको हेरविचार गर्ने जिम्मा पनि राज्यको भएको बताए ।

वैदेशिक रोजगार बोर्डका अनुसार गत २०७७/७८ को तुलनामा २०७८र७९ मा मृत्यु हुने नेपालीको संख्या पाँच प्रतिशत वृद्धि भएको छ भने २०७९र८० मा एक प्रतिशत घटेको छ । त्यस्तै,अङ्गभङ्ग तथा बिरामी श्रमिकको दर २०७७/७८ मा १८.५० प्रतिशत रहेकोमा २०७८/७९ मा ३१/९५ प्रतिशत र २०७९/८० मा ४९.५४ प्रतिशतले वृद्धि भएको छ ।

मृत्यु हुने श्रमिकको सङ्ख्यामा कमी आए तापनि अङ्गभङ्ग तथा बिरामीको दर बढ्दो क्रममा रहेको महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

4 × two =