काठमाण्डौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुपअन्तर्गत सि जी ब्राण्डले बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे पहिलो पटक बिएलडिसि सिलिङ्ग फ्यानका साथै अन्य धेरै फ्यानहरु बजारमा ल्याएको छ ।

‘स्टे कुल, सेभ इनर्जी सुइच ट बिएलडिसि फ्यान टडे’भन्ने नाराको साथ बजारमा आएको योसिलिङ्ग फ्यान प्रयोग गर्दा परम्परागत फ्यान भन्दा कम्तीमा पनि ४३ प्रतिशत बिद्युत बचत गर्छ भने पर्फमेन्समा कमी नआउने गरी कम आवाजमा सञ्चालन हुने उक्त प्रवृद्धि यस फ्यानमा रहेको कम्पनीले दावी गरेको छ ।

उक्त सिलिङ्ग फ्यान नेपालकालागि पहिलो ओईएम ब्राण्ड जसमा बिएलडिसि टेक्नेलोजी रहेको छ,साथै रोबस्ट र रिलायबल बिएलडिसि मोटर भएको हुनाले बजारमा आउने अरु फ्यानको तुलनामा धेरै टिकाउ पनि रहेको छ । नेपालमा त्यही पनि तराई जस्तो ठाउमा बिजुलीको भोल्ट कहिले कम र कहिले बडी आउने गर्दछ । यस्तो अबस्थामा फ्यान पनि सोहि अनुसार धुम्ने गर्दछ । यहि अबस्थालाई मध्यनजर गरी यो सिलिङ्ग फ्यान ल्याइएको हो । यो फ्यान११० देखि २८०बिचको कुनै पनि भोल्टमा पनि तिव्र गतिमै घुम्ने उच्च प्रवृद्धिको फ्यान रहेको छ ।

रिमोटको सुबिधायुक्त यो सिलिङ्ग फ्यानमा कम्पनीले मोटर र पिसिबिएमा २ बर्षको वारेन्टी दिएको छ । यो फ्यान आकर्षक ४ वटा कलरमा बजारमा उपलब्ध रहेको छ । नेपालमा चौधरी ग्रुपले सिजी ब्राण्डका उत्पादनहरु आफ्नो च्यानल र डिलर आउटलेटहरु मार्फत वितरण गदै आईरहेको छ । त्यस्तै सि.जी.ले बिभिन्न डिजाईन र मोडलमा अरु पनिथुपै्र नयां सिलिङ, स्ट्याड, टेबल, वाल र एग्जस्ट फ्यानहरु ल्याएको छ ।

सिलिङ फ्यानमा डेकोरेटिभ सिरिज छन्, जुनअति नै आकर्षक डिजाइन र रंगहरुमाउपलब्ध छन् । त्यस्तै अर्कोहाइ स्पिड सिरिज छन्, जसको स्पिडको कारण धेरै भन्दा धेरै हावाप्रबाहगर्दछ । यस्तै स्ट्याड, टेबल, वाल र एग्जस्ट फ्यानहरुमापनि यस्तै सिरिजहरु उपलब्ध छन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

eighteen − seven =