काठमाण्डौं । तारकेश्वर नगरपालिकालाई Digital Palika बनाउने भनि २० लाख रकम खर्च गरि निर्माण गरिएको Smart Palika App को काम सम्पन्न भयो भनेर २० लाख रकम भुक्तानी भई दुई वर्षसम्म पनि सञ्चालनमा नआएपछि सो को उजुरी टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा परी छानवीन प्रक्रियामा रहेको छ ।

नगरपालिकालाई Digital Palika बनाउने भनी मेयर कृष्णहरि महर्जनको निर्देशनमा विना प्रतिपर्धा Cell app नाम गरेको Company सँग सम्झौता गरि Smart Palika App बनाउने निर्देशन दिईएको थियो । मेयर महर्जनले आफु आएपछि नगरसभाबाटै एक करोड बजेट बिनियोजन गरि अनलाइन प्रणालीमा नगरपालिका लाई लैजाने भनी नगरसभा पुस्तिकामा बजेट राखेका थिए ।

पछिल्लो नगरसभाबाट उक्त रकमलाई टुक्रा पारी आफू अनुकुल हुनेगरी आफ्ना निकटतम मानिने कार्यकर्ता मार्फत स्मार्ट पालिकाको अवधारणा भनी tarkeshwor mobile app निर्माण गरेका थिए । रकमको भुक्तानी तात्कालीन प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरेको पालामा भएको थियो । Company का प्रबन्ध निर्देशकका अनुसार नगरपालिकाको यो App चलाउन Initiation लिएन ।

मेयर महर्जन यतिबेला आफ्नो ईच्छा अनुरुप कार्यालय सञ्चालन गर्न छपाई, स्टोर सामान खरिद, सवारी खरिद तथा मर्मत, विभिन्न अनावश्यक डिपिआर निर्माण देखि विभिन्न कोष खडा गरि टुक्रे बजेट बनाई उपभोक्ता समितिले काम गर्ने भनी सेटिङमा आफू अनुकुलका ठेकेदार मार्फत काम गराउने प्रचलन बढ्दै गएको र चरम भ्रष्टाचारमा लिप्त हुन थालेको धेरै कामहरुलाई नियाल्दा प्रमाणित हुने अवस्था छ । महर्जन कानुनको वर्खिलाप गर्दै आफू अनुकूलका निर्णय गर्ने , सो को कार्यान्वयन गर्न अनावश्यक दबाब दिदै अघि बढेको ब्यापक जन गुनासो आएको छ ।

नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले भने स्मार्ट पालिका एप्सको बाँकी काम छिट्टै सकेर प्रयोग गर्न सकिने बताए ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

three × 2 =