काठमाण्डौं । कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले सहकारी ठगीसम्बन्धी समाचार रोक्न नमान्दा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुवा कैलाश सिरोहियालाई पक्राउ गराएको आरोप लगाएका छन् ।

‘हामीले कहिल्यै कान्तिपुरलाई व्यापारका रुपमा हेरेनौँ । माओवादी, एमाले, कांग्रेस, राप्रपा कुनै पनि दलका र भ्रष्टाचारविरुद्ध कान्तिपुरले जहिले पनि स्ट्यान्ड लिएको छ, लिइराख्ने छ,’ उनले भनेका छन्, ‘यसैगरी आज एउटा अर्को नयाँ दलको भ्रष्टाचार देखिँदा कान्तिपुरले लुकाउन सक्दैन । सत्यलाई जनतामाझ लिएर आउनुपर्छ । यसपाली गृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेको सहकारी घोटाला जनतामाझ ल्याउने क्रममा उहाँले धेरै ‘रिक्वेस्ट’ गर्नुभयो। समाचार लुकाइदिन र मिलाइदिन भन्नु भयो । उहाँले आफूले गरेको पत्रकारिता जस्तै सोच्नुभयो । सेटिङ गरेर समाचार बन्छ वा लुक्छ भन्ने सोच्नुभयो । उहाँलाई कति बुझाउन खोजियो व्यवस्थापनले समाचार लेख्दैन र कान्तिपुरमा सम्पादकीय समूह स्वतन्त्र छ । उहाँले यो कुरा बुझ्न सक्दै सक्नुभएन ।’

नेपाल प्रहरीको उपत्यका अनुसन्धान कार्यालयले जिल्ला अदालत धनुषा दिएको अनुमतिका आधारमा गत जेठ ८ गते सिरोहियालाई कान्तिपुरको थापाथलीस्थित कार्यालयबाटै पक्राउ गरेको थियो । उनी धनुषा प्रहरीमा चार दिन, जनकपुरस्थित काब्या अस्पतालमा तीन दिन र मेडिसिटी अस्पताल ललितपुरमा २ दिन बसेर जेठ १६ गते रिहा भइसकेका छन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

twenty − 9 =