काठमाण्डौं । तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बन्न लागेका नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि जाने भएका हुन् ।

भ्रमण टोलीमा परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री स्वकीय सचिव गङ्गा दाहाल र परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल विष्णु प्रसाद गौतम, कानुन मन्त्री पदम गिरी रहेका छन् । मोदीले प्रधानमन्त्री प्रचण्डलाई शपथ ग्रहणमा सहभागी हुन आमन्त्रण गरेका थिए । मोदीको शपथग्रहण भोलि छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको भारत भ्रमणका लागि टोलीको टुङ्गो लगाएको हो ।

दिनअघि सम्पन्न लोकसभा निर्वाचनको मत परिणामअनुसार मोदी पुनः तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त हुन लागेका हुन् । भारतमा भएको १८ औँ लोकसभा चुनावमा प्रधानमन्त्री मोदीको नेतृत्वमा रहेको एनडिए गठबन्धनले बहुमत ल्याएको छ । एनडिए गठबन्धनले ५४३ मध्ये २९३ सिट जितेको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

16 − three =