काठमाण्डौं । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका खच्चडको उद्धार क्रममा दुई खच्चड मरेका छन् भने आठवटा सकुसल उद्धार गरिएको छ ।

दुवै जिल्लाका प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले उद्धार थालेको हो । पुलबाटै उद्धार सम्भव नभएकाले तार काटेर फसेका खच्चडलाई नदीमा खसाल्न थालिएको स्थानीय भरत साउदले जानकारी दिए ।

साउदका अनुसार पुलमा ५ जना व्यापारीका १६ वटा खच्चड फसेका छन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

11 + six =