काठमाण्डौ ।    गृह मन्त्री लामिछानेको प्रमुख आतिथ्यमा राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठी सम्पन्न भएको छ। लामिछानेले राजस्व वृद्धि भएमा राज्य बलियो हुने उल्लेख गर्दै राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणका लागि सवै सरोकारवाला निकायले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । राजस्व चुहावट लगायतका समस्या समाधान गर्न संयुक्त रूपमा अगाडि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

उक्त अवसरमा भन्सार विभाग, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान कार्यालय, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख र कोशी प्रदेश सशस्त्र प्रहरी बल नेपालका प्रमुख तथा प्रतिनिधिहरूले आ-आफ्नो कार्यालयको तर्फबाट प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा कोशी प्रदेश केन्द्रित राजस्व अभिवृद्धि तथा चुहावट सम्बन्धी छलफल तथा अन्तरक्रिया समेत भएको थियो ।

गृह सचिव एकनारायण अर्यालको अध्यक्षता आज बिहान शुरू भएको उक्त गोष्ठीमा कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, कोशी प्रदेश अन्तर्गतका सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा सुरक्षा निकायका प्रमुखहरू, भन्सार कार्यालय तथा आन्तरिक राजस्व कार्यालयका प्रमुखहरू एवम् पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

eleven − ten =