काठमाण्डौं । सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार करिब नौ अंकले बढेर २ हजार ८२.०९ अंकमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ८.९० अंकले बढेको हो ।

अघिल्ला तीन कारोबार दिन निरन्तर घटिरहेको नेप्से सोमबार झण्डै अंकले बढेको हो । सोमबार कारोबारमा आएकामध्ये १ सय ७६ वटा कम्पनीको सेयर मूल्य बढ्यो, ६१ वटाको घट्यो र बाँकी ९ वटाको स्थिर छ । उक्त दिन ७१ हजार ९ सय ४८ वटा कारोबारबाट १ करोड १६ लाख ३४ हजार ६ सय १८ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब ४९ करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि बढेको हो । आइतबार ५ अर्ब १८ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

17 − 16 =