काठमाण्डौं । प्रश्न पत्रको गोपनियता भङ्ग गर्ने दुईजना शिक्षकहरु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बागलु्ङ ग्वालीचौर–८ घर भई हाल ललितपुर उ.म.न.पा.–१८ बस्ने ३१ वर्षिय केशव घिमिरे र पाल्पा रिडिकोट गा.पा.–३ घर भई हाल काठमाण्डौं का.म.न.पा.–१६ बस्ने २४ वर्षिय विकाश ज्ञवाली रहेको प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए ।

उनिहरुले राष्ट्रिय परिक्षा बोर्डबाट मिति २०८१ बैशाख १४ गते देखि २६ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाहरु सञ्चालन भईरहेको क्रममा काठमाण्डौं जिल्लाका केही परीक्षा केन्द्रहरुमा परीक्षार्थीहरु, विभिन्न विद्यालयका शिक्षकहरु समेतले मोबाईल फोनको माध्यबाट परीक्षाको मर्यादा भंग हुने, प्रश्नपत्रको गोपनियता भंग हुने गरि परीक्षाको प्रश्नपत्रहरु सामाजिक सञ्जालको माध्यहरु WhatsApp, Messenger, Instagram, Viber लगाएत विभिन्न Groupहरु बनाई, उक्त Groupहरुमा परीक्षा सञ्चालन हुनु अगावै प्रश्नपत्रहरु तथा प्रश्नपत्रको उत्तर आदन प्रदान गर्ने गराउने कार्यहरु गरेका थिए ।

उनिहरुलाई आईतबार प्रहरीले खोजतलास गर्ने क्रममा टेकु चोक स्थितबाट पक्राउ गरी शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी परिसर, काठमाण्डौंबाट थप अनुसन्धान भईरहेको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

three + 16 =