काठमाडौं । भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपाल भ्रमण गर्ने भएका छन् । आफ्नो तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको सपथ लिएका मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको द्विपक्षीय वार्ताका क्रममा यस्तो भनेका हुन् ।
सोमबार साँझ नेपाल फर्केलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले मोदीजीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको छु । उनहाँले खुसी हुँदै उहाँले उपयुक्त समयमा भ्रमण गर्ने बताउनुभएको छ । यसअघिनै तय भइसकेको इटलीको भ्रमण सकेपछि नेपाल भ्रमणको योजना बनाउने कुरा भएको छ ।’
प्रधानमन्त्री मोदीको सपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री दाहाल नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आइतबार साँझ भएको सपथ ग्रहण कार्यक्रममा सहभागिता जनाएका थिए । कार्यक्रममा दक्षिण एशिया लगायत विभिन्न देशका राष्ट्र तथा सरकारप्रमुख सहभागी थिए ।