काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करार सेवामा नियुक्ति गर्नेगरी १३७ जना नगर प्रहरी जवान माग गरेको छ । नेपाली सेनाको सैन्य पदको विज्ञापन नं. ०८०/८१/०२ मा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारलाई नियुक्ति गर्नेगरी महानगरले दरखास्त आह्वान गरेको हो ।
जङ्गी अड्डाबाट प्राप्त वैकल्पिक सूचीमा समावेश भएका उम्मेदवारहरू मध्ये इच्छुक उम्मेदवारले ७ दिनभित्र काठमाडौँ महानगरपालिका प्रशासन विभागमा दरखास्त पेस गर्नुपर्ने महानगरपालिकाले मंगलबार सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।