स्याङ्जा । स्याङ्जा थिङ्क ट्यांकको आयोजनामा ३ दिने शिक्षा, सीप तथा उद्यमशीलता मेला भव्यताका साथ सम्पन्न भएको छ । मेला जेष्ठ ३२, असार १ र २ गते गरी जम्मा ३ दिनसम्म चलेको थियो ।
स्थानीय युवा र विद्यार्थीहरुलाई सीप र उद्यमशीलता सँग जोड्ने प्रमुख उद्देश्यका साथ संचालित उक्त मेलामा शिक्षा सीप र उद्यमशीलता सँग सम्बन्धित विभिन्न विषयमा प्यानल डिस्क्सन, “उद्यमशीलता र विश्व बाजार आर्थिक विकासको आधार शीर्षकमा” वक्तित्वकला प्रतियोगिता, स्थानीय उत्पादनहरूको प्रदर्शनी तथा विविध सांसकृतिक कार्यक्रमहरू सञ्चालन गरिएको थियो ।
यसका साथै स्याङ्जा थिङ्क ट्यांकले छिट्टै सञ्चालन गर्न गइरहेको स्याङ्जा स्टार्ट अप फेस्टीबलको अवधारणा अनावरण समेत गरिएको थियो ।
मेलाको अन्तिम दिन ‘जानौं आफ्नो पालिका, क्वीज’ प्रतियोगिताको पुरस्कार वितरण समेत गरिएको थियो।
यो मेला जेष्ठ ३२ गते शुक्रबार देखि असार २ गते आइतबार सम्म Y-Center वालिङ मोडको प्रांगणमा सञ्चालन भएको थियो ।