काठमाडौं । माओवादी षडयन्त्रको शिकार बन्दै पत्रकार महासंघ !  संसदमा तेस्रो दल भएरपनि कहिले कांग्रेस त कहिले एमालेलाई भुलाएर लगातार सत्ता सुख भोग्दै आएको माओवादीले पत्रकारहरुको संस्था नेपाल पत्रकार महासंघलाई ध्वस्त बनाउने रणनीति लिएको छ । जसरीपनि महासंघ हत्याउने माओवादीको प्रयासले इतिहासमै पहिलो पटक पत्रकारहरुको संस्था अत्यधिक बदनाम हुन पुगेको छ ।
महासचिव भएर असफल साबित भइसकेका, माओवादी निकट पत्रकार रोशन पूरी अध्यक्ष हुने भइ छाड्ने प्रयासमा छन् । प्रचण्डका खास मानिस भएकाले उनलाई पार्टी हेड क्वाटरको आर्शिवाद प्राप्त छ । पदीय मर्यादा भुलेर प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य पुरीलाई महासंघको अध्यक्ष बनाउन खुलेर लागि रहेका छन । उनले समयमा चुनाव नभएको बहाना  देखाएर सरकारले महासंघको अहिलेको कार्यसमिति विघटन गरेर नयाँ समिति चयन गर्न सक्ने धम्की दिन थालेका छन् । उनको धम्की सुन्दै आएका व्यक्तिहरु उनी महासंघका निवर्तमान अध्यक्ष पनि हुन भन्नेमा आश्चर्य समेत मानेका छन् । पूर्व अध्यक्षका हैसियतमा भएपनि उनले संघ/संगठनलाई मिलाउने विधान अनुसारको प्रक्रिया पछ्याउन आफ्ना कार्यकर्ता पूरीलाई निर्देशन दिनुपर्ने थियो । तर, त्यो कहीं कतै देखिएको छैन, एक महिना अगाडि निकालिएको विवादित सदस्यता नामावली पुन: प्रकाशन गरिएपछि यसैलाई मानेर जान नसकिनेमा धेरै पत्रकारहरुको विज्ञप्ती आइसकेको छ । एकातिर नेपाल प्रेस युनियनसँग अध्यक्ष हामीलाई दिए सहमति दिएर सर्वसम्मतीमा जाउँ भनेर लगातार प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटाले प्रस्ताव गर्दै आएका थिए । अर्कोतिर, चौतारीलाई युनियनले अध्यक्ष दिने भइसक्यो तपाईहरु के गर्ने भनेर दवाब बनाएर अध्यक्ष लिइ छाड्ने दाउ तथा त्यो नभएसम्म चुनाव कुनै न कुनै रुपमा विथोलिरहने  प्रयासमा माओवादी निकट सेन्टर देखिएको छ ।
सबैतिरबाट अध्यक्ष विपुल पोखरेलले गाली खाइरहेका छन् । युनियन उनीमाथि भड्किएको छ, चुनाव नभएको दोष अध्यक्षको टाउकोमा राखेर महासचिवले खेलीरहेको तर, त्यो कुरा अध्यक्षले बुझेरपनि नबुझेकोमा महासंघकै युनियन निकट वरिष्ठ पदाधिकारीहरु आश्चर्य मान्छन् । सोझा विपुललाई रोशनले नचाए, कुन्नी के कारणले हो रोशनले जे भन्छ विपुल त्यतै सही धस्काउन दवाबमा रहेको उनले युनियनबाटै वरिष्ठ उपाध्यक्ष रहेका रमेश विष्ट वा कोषाध्यक्ष कलेन्द्र सेजुवाल लगायतका पदाधिकारीहरुसंग सामान्य सल्लाह पनि लिदैंनन । व्यसायीक पत्रकारिताको रक्षा र पत्रकारहरुको श्रमको मुद्दामा लगातार लडेका  विष्ट तथा त्यही मुद्दामा कान्तिपुरको जागिरबाटै राजीनामा दिएर हिडेका सेजुवाल जस्ता पत्रकारहरु महासंघको स्थिति प्रति चिन्तित छन् । सार्वजनिक रुपमा बोल्दा महासंघलाई थप क्षति पुग्ने भन्दै आफ्नो जिम्मेवारीवोध गर्दै उनीहरु चुप लागेर बसेको बताइन्छ । साधारणसभा चलाउन बनाइएको अध्यक्ष मण्डलमा धमेन्द्र झा, गोविन्द आचार्य र महेन्द्र विष्ट छन् । विवाद सल्टाउन उनीहरुको भूमिका हुनुपर्नेमा अध्यक्ष मण्डल आचार्यबाट प्रभावित बनेको छ । झा राष्ट्रिय समाचार समितिका अध्यक्ष छन् । सरकारी संस्थाको अध्यक्ष भएका नाताले आचार्यको कुरा  काट्न चाहेका छैनन । विष्टलाई मिडिया काउन्सिल कानुन आएपछि मिडिया काउन्सिलको अध्यक्ष बन्ने लोभ छ ।
महासचिव पुरीको प्रस्तावमा महाधिवेशनबाट जेठ २६ मा चुनाव तोकिएको थियो । तर चुनावका लागि चाहिने सदस्यता नामावली उनले टुंग्याएनन् । चुनावको तिथी भन्दा एक साता अगाडि अनौपचारिक तरीकाले नाम ल्याए, त्यो नाम लिस्ट हेरेर युनियन र चौतारी निकट देशैभरका पत्रकारहरु भडकिए । त्यसमा पुरीले कतैबाट नामै सिफारिस नभएको ५०० बढी सदस्य थपेका रहेछन् । चौतारीको धेरै बढी र युनियनको त्यसपछि सदस्यता काटेर आफ्नो तिर थोरै काट्ने र धेरै थप्ने चालवाजी सेन्टरले संगठित रुपमै गरेका थिए । त्यसको ठूलो बिरोध भयो, महासंघमा धेरै संघ-संगठन मात्रै होइन, महासंघकै पदाधिकारीहरुले ताला लगाएका थिए । गाडी मिस्त्री देखि फलफुल बेच्नेसम्मका व्यक्तिलाई काठमाडौं शाखामा सेन्टरले सदस्य बनाएको देखियो । काठमाडौंमा सेन्टरको अध्यक्ष रहेकाले त्यसको बढी लाभ पुरीले लिए ।
शुक्रबार राति अबेर महासंघले निर्वाचन समितिलाई मतदाता नामावली बुझाएर माओवादीको छापामार शैलीमै निर्वाचनको तिथी कार्यक्रम ल्याएको छ । बिहान नहुंदै त्यसको तिब्र बिरोध भएको छ । बिहान सबेरै समाजवादी प्रेस संगठनका अध्यक्ष विष्णु सुवेदीले विज्ञप्ती जारी गरेर सहमति विपरीत पुरानै सदस्यता नामावली सार्वजनिक गरेकोमा त्यसलाई मानेर जान नसकिने बताएका  थियो । महासंघलाई निश्चित संगठनको सिण्डिकेट बनाउन लागिएको प्रति उहाँले गम्भीर भएर आपत्ती जनाउनु भएको छ । उहाँले त्यो संकेत  माओवादीको संगठन सेन्टरलाई गर्नु  भएको छ । सहमतिका साथ सदस्यता  विवाद टुंग्याउन नभए निर्वाचन स्विकार नहुने चेतावनी दिएका छन् ।
प्रदेश नम्बर २ का  जिल्लाका अध्यक्षहरुले पनि महासचिव रोशन पुरीको कामप्रती आपत्ती जनाएर चुनाव गराउन नसकिने बताउन् थालेका छन् । त्यस्तै गरी सबैभन्द ठूलो प्रेस युनियनले पनि अध्यक्ष विपुल पोखरेललाई भेटेर विधान अनुसार सदस्यता नामावली नआए चुनाव हुन नसक्ने चेतवानी दिइसकेको छ । उता, सेन्टरसंग मिलेर यसपाली अध्यक्ष लिन सकिन्छ की भन्ने भ्रमपूर्ण लोभमा फसिरहेको चौतारी भने पत्रकार महासंघमा यत्रोविधि विधान विपरीतको सदस्यतामा चलखेल गरिंदा चुप लागेर बसेको छ । तर, कुनैपनि बेला प्रचण्डको सरकार ढल्न सक्ने आशंका पालेर चौतारी छिटो भन्दा छिटो अध्यक्ष पद उम्काउन सकिन्छ क भनेर जोखना   हेरेर बसेको पाइन्छ । स्रोतका अनुसार सेन्टरले पुरीलाई अध्यक्ष बनाउने अर्जुन दृष्टि राखेकोले चौतारीको त्यो भ्रम कुनैपनि बेला तोडिन सक्ने र छाँगाबाट खस्नेछ । पुरी जुनसुकै संगठनको समर्थनमा उम्मेदवार भएपनि उनी हार्ने निश्चित छ । चौतारी होस वा युनियन वा कुनै संगठनमा नलागेका पत्रकारहरु भित्र भित्र उनलाई समर्थनको मुडमा छैनन् । कान्तिपुर वा अन्य मिडिया हाउसमा आन्दोलन हुँदा भूमिका नखेली बसेको उनीभन्दा बढी जन्मदेव जैसीले भूमिका खेलेको तर अनावश्यक रुपमा सदस्यताको विषयलाई गिजोलेको भन्दै पूरीको विपक्षमा ठूलो माहोल तयार छ । सेन्टरकै सदस्य रहेका जैसी श्रमजीवी मुद्दामा रोशनले कुनै काम नगरेको भन्दै आफै वरिष्ठ उपाध्यक्ष विष्टलाई अध्यक्ष बनाउनुपर्ने भन्दै हिडेका छन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

eighteen − 17 =