काठमाडाैं। नेपालको पहिलो बिक्रम सम्बतमा आधारित चर्चित मोबाइल एप नेपाली पात्रोले गुगल प्लेस्टोरमा १ करोड डाउनलोड पुरा गरेकाे छ ।

नेपाली तिथी, मिति, पात्रो, चाडपर्व, नेपाली संस्कृति, वैदिक सनातन हिन्दु उत्सव / पर्वहरु, विभिन्न जातजाति, भाषा भाषिका धर्म, आस्था तथा संस्कृति लगायतका सम्पूर्ण विशेष दिवस, पर्व तथा जात्राहरूको तथ्यपूर्ण जानकारीले भरिएको नेपालको पहिलो डिजिटल पात्रो हो ।

नेपालका लोकप्रिय समाचार स्रोतबाट निरन्तर समाचार अपडेट गर्ने नेपाली पात्रो गुगल प्ले स्टोरमा ४ दशमलव ३ स्टार रेटिङ्ग साथ लोकप्रिय भएको देखिन्छ ।

नेपालका चार सयभन्दा बढी लोकप्रिय रेडियोहरूबाट सूचना, जानकारीमूलक तथा मनोरंजनात्मक सामग्री सुन्न सकिने नेपाली पात्रोका आशिष कार्कीले जानाकारी दिए ।

 

विनिमयदर, सुनचाँदीको मूल्यसूची, तरकारीको बजार भाउ,आदि जस्ता दैनिक आवश्यकताका फिचरका कारण एपमा सक्रिय प्रयोगकर्ताको संख्या पनि उल्लेख्य छ । दैनिक १० लाख बढी सक्रिय प्रयोगकर्ता रहेको एपमा मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ करोड माथि रहेको छ । नेपालमा पहिलो पटक, नेपाली रेडियोबाट प्रसारित हुने कार्यक्रमहरू नेपाली पात्रोमा श्रोता मित्रहरूको समय अनुसार सुन्न सकिन्छ ।

 

सम्बन्धित रेडियोको पछिल्लो ४८ घण्टाका कार्यक्रमहरू नामसहित अडियोमा उपलब्ध हुने जानकारी नेपाली पात्रोले दिएको छ । यसको लागि, नेपाली पात्रो डाउनलोड गरेर रेडियो फिचरमा सम्बन्धित रेडियोको पेजमा छुटेका तथा प्रसारित कार्यक्रमहरूको नाम तथा प्रसारण समय उपलब्ध छ।

नेपाली पात्रोमा देशका प्रमुख १५० भन्दा बढी अनलाइन न्युजपोर्टल र ३५० भन्दा बढी रेडियो समेत जोडिएका छन् । नेपाली पात्रो नेपालको सबभन्दा धेरै संचार नेटवर्क भएको नेपाली एप्लिकेसन हो ! हालै सर्वाधिक लोकप्रिय केवल डिस्ट्रिब्यूसन नेटवर्क नेट टिभी मा पनि नेपाली पात्रोमा उपलब्ध रेडियो सुन्न मिल्ने सुविधा सार्वजनिक गरिसकेको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

one × 2 =