काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार (आज) प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् ।
दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।
ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। त्यसको भोलिपल्ट उनले पद तथा गोपनीयताको शपथ लिएका थिए । सोही दिन ओली नेतृत्वको सरकारले पूर्णता पाएको थियो । सरकारमा नेकपा (एमाले) र कांग्रेस सहित जसपा र लोसपा सहभागी भएका छन् ।