काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको असार मसान्तसम्मको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

यो अवधिमा कम्पनीले नाफा ३०.८१ प्रतिशतले बढाएर ५१ करोड ३९ लाख ८२ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो आवको सोहीी अवधिमा ३९ करोड २९ लाख १५ हजार रुपैयाँ रहेको थियो ।

कुल आम्दानी १२.३४ प्रतिशतले बढेर ५९ अर्ब १७ करोड ६५ लाख रुपैयाँ पुगेको छ । असार मसान्तसम्म कम्पनीको खुद बिमा शुल्क आर्जन ९.८६ प्रतिशतले बढेर ४० अर्ब ११ करोड २ लाख रुपैयाँ पुगेको छ ।

बिमा कोषको आकार १ खर्ब ९८ अर्ब ३३ करोड ७४ लाख ८८ हजार रुपैयाँ रहेको छ । ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ५२ करोड ८४ लाख ८ हजार रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ११ पैसा छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

eleven + six =