स्याङ्गजा – गल्याङ नगरपालिका नगरप्रमुख गुरु प्रसाद भट्टराई को अध्यक्षतामा ‘ज्ञान,विज्ञान,सीप,उद्बम र मौलिकता साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ राष्ट्रिय शिक्षा दिवस २०८१ विभिन्न कार्यक्रमका साथ मूल समारोह कार्यक्रम गरि समापन भएको छ।

राष्ट्रिय शिक्षा दिवस मनाउने क्रममा गल्याङ नगरपालिका द्वारा भदौ ३० र ३१ गते हाजिरीजवाफ प्रतियोगिता,निबन्ध लेखन प्रतियोगिता,माध्यमिक विधालय स्तरीय नृत्य प्रतियोगिता र अाधारभुत विधालय स्तरीय नृत्य प्रतियोगिताहरु सञ्चालन गरिएको थियो।

कार्यक्रममा गल्याङ नगरपालिका नगर उपप्रमुख हेमा न्यौपाने,प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा,गल्याङ नगरपालिकामा क्रियासिल राजनीतिक दलका प्रमुखहरु,गल्याङ नगरपालिका वडा नम्बर १ देखि ११ सम्मका वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरू,नगर शिक्षा समितिका सदस्यहरू,गल्याङ नगरपालिका भित्रका सम्पुर्ण शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो ।

आज सम्पन्न मूल समारोह कार्यक्रममा नगरपालिका द्वारा सञ्चालित उपलब्धिमापन परीक्षा कक्षा ५,अाधारभुत तह कक्षा ८ ,SEE परिक्षामा उत्तीर्ण ,कक्षा १२ मा उत्तीर्ण उत्कृष्ट विधार्थी,शिक्षक र विधालय परिवारलाई सम्मान गरिएको थियोे । त्यस्तै शिक्षक पेशा बाट अवकाश प्राप्त शिक्षकहरु को सम्मान,बढुवा शिक्षक सम्मान,उत्कृष्ट प्रअ विधालय,व्यवस्थापन समिति सम्मान,राष्ट्रपति रनिङ शिल्ड जिल्ला, प्रदेश र केन्द्रमा विजेता खेलाडी सम्मान र भदौ ३०,३१ गते सञ्चालित हाजिरीजवाफ,निबन्ध लेखन,माध्यमिक तह र अाधारभुत तह स्तरीय नृत्य प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्न सफल विधार्थीहरु लाई पुरस्कार र सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै गल्याङ नगरपालिका नगरप्रमुख गुरु प्रसाद भट्टराईले गल्याङको शिक्षा क्षेत्रलाई उपलब्धिमुलक र गुणस्तरीय बनाउन नगरपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताउनुभयो।नगरको दिगो विकास लाई सफल बनाउनको लागि शैक्षिक क्षेत्रलाई सुधार गर्नुपर्ने बताउदै अाफु निर्वाचित भएदेखि शैक्षिक क्षेत्रमा विभिन्न कार्य गरेको बताउनुभयो।

त्यस्तै गल्याङ नगरपालिका नगर उपप्रमुख हेमा न्यौपानेले गल्याङ नगरपालिकाले नगरभित्रको शैक्षिक सुधारमा उल्लेखनीय कार्य गरेको र सो कार्यलाई सबैले साथ दिनुपर्ने बताउनुभयो ।

गल्याङ नगरपालिका शिक्षा शाखा प्रमुख हिमाल भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य गल्याङ नगरपालिका शिक्षा समिति सदश्य लेखनाथ चापागाईंले गर्नुभएको थियोे भने गल्याङ नगरपालिका शिक्षा समितिका सदश्य दर्वेन्द्र देव खनालले कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा गल्याङ नगरपालिका भित्रका सबै विधालयका हजारौं सङ्ख्यामा शिक्षक, शिक्षिका विधार्थीहरुको सहभागी रहेको थियो।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

ten + 6 =